~डा. विदुर चालिसे
गाेरेले अचेल हरेक मान्छेकाे गलामा सान र साैगादकाे रमझम देख्छ । उसकाे मन कुटुक्क हुन्छ । राताे अबिर शिरदेखि पाउ सम्म देखेपछि त भाउन्न नै हुन्छ । बर्बराउन थाल्छ ।
--"वर्तमानकाे याे फेसन !"
फेसन डिजाइनरले तयार गरेकाे टाेपी र व्युटिशियनले उँधेकाे सयपत्रीकाे मगमग सुगन्धसँग बैजयन्ती कला थियाे। ऊ फुर्कंदै भन्नपुग्छ ।
--"माेराहरूकाे जात्रा रे !"
लहरै तीन टाेपी, तीन माला र तीन खादामा उत्साह, उत्सव र उमङ्गकाे हात हल्लाइसँगै नमस्कारकाे राैनकता थियाे। अगाडि पछाडि सुरक्षार्थ सुरक्षा र उपसुरक्षा कमाण्ड परिचािलत थियाे । लावा लश्कर गुडिरहेकाे थियाे । एक्कासी लाबा लश्करकाे बिचमा एउटा भिखारी आएर करायाे ।
--"आ जा जु जे जा !"
झण्डा हल्लाइरहेकाे एक उपसुरक्षकले भिखारीलाई हपार्दै भन्याे ।
--"देखिनस् विजय जुलुस आएकाे !"
--"के काे विजय जुलुस हाे याे, हजुर ?"
--"निर्वाचन जितेकाे जुलुस !"
भिखारीले निकै उत्साहका साथ विचार गर्याे । आफुले मरेकाे मतदाताकाे नाममा एकसर्काे चुराेटकाे तलतल मेट्नका लागि भाेट हालेकाे कुरा सम्झ्याे। झण्डा बाेकिरहेकाे उपसुरक्षकलाई भन्याे ।
--"ए, उहाँहरू त मेरै नेता हुँनुहुँदाेरहेछ !"
--"ल ल अब बढि नकरा, छेउलागेर बस !"
जब विजय जुलुसकाे गाडी उसकाे अगाडि आयाे तब उसले कम्बलभित्रबाट एक रूद्राक्ष लगाइदिएर भन्याे ।
--"फुलकाे माला सुकेपनि, याे माला सुक्दैन ।"