Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६
Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६ गते मंगलबार

images
images

लघुकथा : भँवराे

लघुकथा : भँवराे

  • 162
    SHARES
  • लघुकथा : भँवराे
    लघुकथा : भँवराे

                                                                                                               ~डा. विदुर चालिसे

    --"प्राय मानिसहरू गफ गर्दा याैनका थाेपा चुहाउँछन् !"

    एकादेशमा एउटा लठेब्रा राजा थिए । राजाकाे साथमा शासन र रानीकाे हातमा तान्त्रिक विद्या थियाे । तर उनीसँग जाेतिसी विद्या थिएन । उनले एकदिन तान्त्रिक विद्याकाे बलमा घाेषणा गरिन् ।

    --"सागरकाे अमिलाे पानी सगरमा, सगरकाे हिउँ सागरमा !" माछाहरू ग्वाँ ग्वाँ रून  थाले । भ्यागुताहरू ट्वाँ ट्वाँ गर्न थाले । गढ्याैलाहरू वर्षिन थाल्याे। चिनाटिपन हेरिरहेका जाेतिसले रानी साहेबकाे भाग्य ताेकिदिए ।

    --"मसान्तसम्म खड्गाे छ, नचल्मलाउनु ।"
    --"त्यसपछि ?"
    --"सुधार हुन्छ । हावाहुरी सरी भाग्य चम्कन्छ ।"
    --"त्यसपछि ?"
    --"हजुर साम्राज्ञी, राजा हजुर सम्राट !"

    दुईजना सडक बालबालिका हुस्सुमा छाेपिएर चिसाे सिरेटाेमा सपनाका कथा भनिरहेका थिए । उनीहरूकाे यथार्थ थाङ्नाले बेरिएर सुतिरहनु थियाे । सपनाकाे गफ मनमनै उडेर दाैडिरहनु थियाे । सपनाका वार्तालापमा कालीले गालामा चिमटेर काले लाई भनी ।

    --"साँच्ची, तिमी सम्राट भयाे भने मलाई के गर्छाै नि ?"
    --"सम्राट भएँ भने हेलिकप्टर चढाएर घुमाउँछु !"
    --"अहाे ! आकासबाटै सबै खुल्जा सिमसिम !"

    सपनाकी परीकाे मनसँगै जीउ पनि हेलिकप्टरमा उड्नथाल्याे । आँखा झ्याप्प खाेली । थाङ्नामा सुतिरहेकी पाई । नजिकै हुनेवाला राजालाई खाेजी । राजा उल्टाे थाङ्गनामा विराजमान थिए । परीकाे अर्काे चुम्बनले रन्धनिएर झर्किंदै भने ।

    --"सपनाकाे मधुमास !"

    परीलाई राजाकाे स्वभाव देखेर एकदम रिस उठ्याे । उसले एक वचनमै तलाक दिई ।

    --"टुट्याे !"

    दुवैजना सुतिरहेकाे थाङ्नाे खाेसाखाेस गरेर जाडाेलाई छाेप्न खाेजिरहेका थिए । जाडाे झनझन चम्किरहेकाे थियाे । कसैले आएर दुवैलाई एक दनक दिँदै भन्याे ।

    --"भँवराे !" 


    सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend