Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६
Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६ गते मंगलबार

images
images

तराईमा एक हप्तादेखि शीतलहर

तराईमा एक हप्तादेखि शीतलहर

  • 95
    SHARES
  • तराईमा एक हप्तादेखि शीतलहर
    तराईमा एक हप्तादेखि शीतलहर

    काठमाडौं । तराईमा सातादेखिको शीतलहर कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार १७ पुदेखि तराईमा शीतलहर चल्न थालेको हो ।

    नेपालगन्जदेखि सिमरा क्षेत्रमा शीतलहर बढ्दै गएको र नेपालगन्जदेखि महेन्द्रनगरमा पनि सुरु भएको महाशाखाले जनाएको छ । सिमराभन्दा पूर्वको तराईमा न्यूनतम तापक्रम घटेर चिसोको लहर बढेको छ ।

    महाशाखाले शीतलहरको अवस्था केही दिन कायमै रहने जनाएको छ । पछिल्ला दिनमा तराईमा दिनभर हुस्सु-कुहिरो लाग्दै आएको छ । आज बिहान पनि तराईमा बाक्लो हुस्सु छ ।

    हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली तथा  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन महाशाखाले गरेको छ । पश्चिम र मध्यतराईका धेरै स्थानमा हुस्सु(कुहिरो लाग्ने सम्भावना छ । 

  • सम्बन्धित विषय:

  • # मौसम पूर्वानुमान

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend