Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६
Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६ गते मंगलबार

images
images

सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना

सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना

  • 187
    SHARES
  • सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना
    सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना

    काठमाडौं । आजको मौसममा पनि सामान्य बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभावका कारण देशका विभिन्न भागमा बदली भएको छ ।

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली भएको छ ।

    मधेश प्रदेश र प्रदेश नं १ मा आज आंशिकदेखि सामान्य बदली रहेको छ भने देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ।

    महाशाखाका अनुसार आज दिउँसो  सुदूरपश्चिम र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका  एक/दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आइतबार दिउँसो प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू(-भागमा मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ सँगै कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ ।

    सोमबार दिउँसो भने मौसम सामान्यतया सफा रहनेछ । राति केही ठाउँमा बदली भए पनि हिमपात र वर्षाको भने सम्भावना नभएको महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मौसम पूर्वानुमान

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend