Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६
Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६ गते मंगलबार

images
images

माछाका भुरा उत्पादन गर्न एक करोड अनुदान भुक्तानी, पोखरीको नामनिसान छैन

माछाका भुरा उत्पादन गर्न एक करोड अनुदान भुक्तानी, पोखरीको नामनिसान छैन

  • 139
    SHARES
  • माछाका भुरा उत्पादन गर्न एक करोड अनुदान भुक्तानी, पोखरीको नामनिसान छैन
    माछाका भुरा उत्पादन गर्न एक करोड अनुदान भुक्तानी, पोखरीको नामनिसान छैन

    सुर्खेत । माछाका भुरा उत्पादन गर्ने भन्दै पशु अस्पताल तथा पशु सेवा कार्यालयले बाँडेको एक करोड रुपैयाँ बालुवामा पानीझैँ भएको छ ।

    भेरी नगरपालिका–१३ कुदुस्थित इन्द्र मिलन कृषि तथा पशु पालन सहकारी संस्थालाई आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०७८/७९ सम्मा जम्मा एक करोड रुपैयाँ माछाको भुरा उत्पादन तथा माछा पालन भन्दै भुक्तानी भएको छ । उक्त सहकारीले अनुदानमा निर्माण गरेको माछाको भुरा उत्पादन तथा माछापालन काम अलपत्र परेको छ । जमिनबाट पानी निकालेर माछा पोखरीमा निरन्तर पानी प्रयोग गर्ने भन्दै स्थापना गरिएकोे डिप बोरिङ मेसिनसमेत खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ ।

    भुरा उत्पादनका लागि हेचिङ पलान्टसमेत अलपत्र अवस्थामा पुगेको छ । आर्थिक आर्थिक वर्ष २०७८र७९ मा पनि यो सहकारीले केही रकम लिन बाँकी रहेको सूचना अधिकारी तिलकबहादुर रानाले बताए । अघिल्लो बर्षको रकम भुक्तानी हुने क्रममा रहेको उनले बताए । ढिला फाइल बुझाएका कारण रकम भुक्तानी हुन नसकेको हो । अहिले भुरा उत्पादन हुने भनिएको ठाउँमा रहेका पोखरीहरु चिराचिरा परेका अवस्थामा रहेका छन् ।

    पोखरी बचाउन राखिएका घेराबार भत्किएका अवस्थामा छन् । पोखरीभित्र राखिएको प्लास्टिकहरू च्यातिएर काम नलाग्ने अवस्थामा पुगेको छ । शक्तिकेन्द्रको पहुँचमा उक्त बजेट सहकारीमा हालेर काम नगरी अलपत्र पर्दा प्रदेश सरकारको बजेट मात्र खेर गएको कर्मचारीहरुसमेत बताउँछन् ।

    माछापालन तथा भुरा उत्पादनको नाममा लाखौँ रकम झ्वाम पारेको स्थानीयबासीको भनाए छ । अहिले न यहाँ भुरा उत्पादन भए, न त माछापालन नै भयो ? पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट सहकारीलाई ताकेता गर्दा सहकारीका पदाधिकारीले ध्यान नदिएको कार्यालय प्रमुख कलमबहादुर महताराले बताए । अहिले फेरि सोही ठाउँमा १० लाख रकम आएकोसमेत उनले बताए । पोखरीमा अहिले माटो भारी मात्रामा रहेको छ । सहकारीका अध्यक्ष शेरबहादुर बस्नेतलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

  • सम्बन्धित विषय:

  • # सुर्खेत

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend