Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६
Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६ गते मंगलबार

images
images

पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेशले हल्का वर्षाको सम्भावना

पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेशले हल्का वर्षाको सम्भावना

  • 160
    SHARES
  • पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेशले हल्का वर्षाको सम्भावना
    पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेशले हल्का वर्षाको सम्भावना

    काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    मंगलबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

  • सम्बन्धित विषय:

  • # मौसम पूर्वानुमान

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend