~डा. विदुर चालिसे
--"हतार भाे है हतार भाे !"
एकजना प्रमुख अतिथि कार्यक्रम आयाेजकतिर लक्षित गरेर ठुस्ठुसाइरहेका थिए । आयाेजकले कार्यक्रम तन्काउँदै लगेकाे बेलामा एक दर्शककाे नाकमा कता कताबाट आएर सुगन्धकाे बासना चल्याे । त्याे दर्शकले अर्काे छेउकाे साथीलाई त्यत्तिकै साेध्याे ।
--"पर्फिमकाे सुगन्ध कताबाट आयाे ?"
--"खै, थाहा भएन !"
त्याे साथीकाे नाकमा खासै सुगन्ध ठाेकिएकाे थिएन । उसकाे नाकमा सन्ताप, शंसय, भय र भद्दा विरक्त थियाे । उसले नाक मिच्याे । हाच्छिउँ गर्यो । रूघा लागेकाे जस्ताे गरेर उसकाे नाक बाट पानी बगिरहेकाे थियाे । उसलाई साथीले साेध्याे ।
--"रूघा त कडै लागे छ त !"
त्याे साथीले गफ हान्न थाल्याे । गफकाे धुनमा आफ्नाे बेलि विस्तार लगायाे । आफ्नै जीवनकाे कथाहरू भन्दैगयाे । उसले दसवर्ष विदेश बस्दा भाेगेका कहानी सुनाउँदै आफ्नै जीवनकाे करूण गाथा भन्न थाल्याे ।
--"म त साह्रै पीडित छु यार !"
--"विदेशमा पनि काेही पीडित हुन्छ र ? जाेक गरेकाे हाेला !"
त्याे साथीकाे आँखाबाट करूणा र विस्मयका साथ वेदनाका आँशुहरू चुहिए । उस्ले अप्रत्यासित रूपमा भन्याे ।
--"मेराे स्वास्नी त पाेइल हिंडी नि यार !"
उसकाे साथी झसङ्ग हुनथाल्याे । उसले पनि साथीकाे वेदना युक्त कथामा मिसिएकाे एक्लाे जीवनकाे पीडा बिच साेध्याे ।
--"कमाएकाे पैसा त हाेला नि ?"
--"कमाएकाे जति पैसा विश्वासमा पठाउँदै गएँ । आफू पनि हिंडी पैसा पनि लगेर नाठाेलाई पाेसी !"
--" अनि बालबच्चा ?"
--"चारवटा थिए । पाटीमा बसेका छन् !"
त्याे साथीकाे कहानी सुन्दानसुन्दै कार्यक्रमका प्रमुख अतिथि माननीय नेताज्यू हतार हतारमा उनीहरू बसिरहेकाे छेउबाट आए । नेताज्यूकाे सबारीमा चलिरहेकाे वासनाकाे सुगन्धले मग्मगाइरहेकाे परिवेशमा वाकवाकी लाग्ने सुगन्धबारे प्वाक्क कसैले मुख खाेलेर भन्याे !
--"रेमिट्यान्सकाे तेल !"
त्यसपछि घरजम भत्केकाे त्याे साथीले लामाे सासमा दुखेसाे पाेख्याे ।
--"यता न उताकाे भएर नेताज्यू खाेज्दै बसेकाे ?"