~डा. विदुर चालिसे
--"यस्तै हुन्छ काेहीकाे गाली, काेहीकाे आउँछ ताली ! किन तिम्ले मेराे रिस गरिरहन्छाै खाली, वरकाे छायाँले .....!"
भाइरल क्वीनकाे याे गीत सुनेपछि वादीकाे ध्यान अदालतकाे बेन्चतिर पुग्याे । बयान दिंदै थियाे । बयानकाे क्रममा उसलाई मनमा खिन्नता प्रकट भयाे ।
--"बहस गर्न त नागरिक पाे हुनुपर्छ !"
उत्सुकता, हल्ला र अनुमानमा फेरि अर्काे बेन्चमा बहस सुरू गरिरहेकाे अर्काे पक्षले भन्याे ।
--"हामी हाैँ, हामी नागरिक त !"
--"तपाईकाे हातमा प्रशासनले दिएकाे नागरिकताकाे प्रमाण पत्र छ त !"
--"प्रमाण पत्र छ नागरिककाे !"
--"त्यसाेभए नागरिककाे भाव भएकाे प्रमाण पत्र कसरी लिने त ?"
न्यायमूर्तिले दराज खाेले । उनले तथ्यप्रमाणहरू जुटाएर भने ।
--"लाै हेर्नाेस राजाकाे अभिलेख !"
--"राजाकाे नागरिकता चाहिंदैन ?"
वकिलहरूले राजाकाे कुनै नागरिकताकाे तथ्यमा आधारित प्रमाणपत्र भेट्न सकेनन् । उनीहरूलाई तर्ककाे फसाद पर्यो । अर्काे तर्क झिकेर बेन्चमा प्रश्न गर्न लागे ।
--"हामीलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहकाे नागरिकता थियाे त ?"
न्यायमूर्ति छटपटिदैं फेरि दराजका पुराना लालमाेहर केलाउन थाले । उनले अन्त्यमा दराजमा मुसाकाे पुराना लिंडहरू फेला पारे । उनलाई मुसाकाे त्याे लिंडहरू नै पृथ्वीनारायण शाहकाे नागरिकताकाे पुरानाे प्रमाणपत्र हाे भन्ने लाग्याे । उनले उफ्रँदै कराए ।
--"युरेका ! युरेका !! अर्थात पत्ता लाग्याे ।"
वरिपरि रहेका वकिल, स्राेता, दर्शक र जिज्ञासुहरू एक हातले थपडी बजाउँदै बर्बराउन थाले ।"
--"पृथ्वीनारायण शाह पनि नेपाली अनागरिक !"
--"उसाेभए एकीकृत नेपालका मान्छेहरू नि त ?"
--"अनेपाली नागरिक !"
फैसला जेभए पनि आदेश लेख्दैगरेकाे लेखन्दासलाई मनमा सुशासनकाे भूत लाग्याे । उसलाई तलब भत्ता र सुविधाभाेग चाहिएकाे थियाे । नजिर लेखी दिए ।
--"वास्तवमा दुवैजना अनागरिक !"
यति हुँदाहुँदै पनि लेखन्दासलाई अन्त्यमा एउटा भावुक वाक्य उल्टाएर लेख्न मन लाग्याे ।
--"काम गर्छु भन्नेजति अनागरिक, काम गर्दिन, देश सकाउँछु भन्ने जति सबै नागरिक ?"