तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं- ६ मोतिपुर निवासी रिता रिजालको घर भित्रै सडकको धुलो पस्छ । घर भित्र पर्ने धुलोले आँखा रसाउने, छाति दुख्ने समस्या हुन्छ नै । खाने कुरामा पनि धुलो पस्दा समस्या बनाउने गर्छ ।
घोराही–तुलसीपुर चारलेन निर्माण कार्य अस्त ब्यस्त हुँदो सोही ठाउँकै मुना पोख्रेललाई पनि त्यस्तै समस्या बनाउने गरेको छ । काम गर्दा नाक मुखमा धुलो पस्ते, घर वरिपरि धुलै धुलो हुने, विहान सफा गरेको छत साँझमा धुलै धुलो हुने समस्या हुन्छ । शरिरमा माटै माटो, मुखमा हातले छुदा माटोनै निस्किने, माझेर राखेको भाडामा पनि माटै माटो हुने गरेको बताए ।