Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६
Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६ गते मंगलबार

images
images

मदन भण्डारी राजमार्गको चारवटा पुलको निर्माण सम्पन्न

मदन भण्डारी राजमार्गको चारवटा पुलको निर्माण सम्पन्न

  • 102
    SHARES
  • मदन भण्डारी राजमार्गको चारवटा पुलको निर्माण सम्पन्न
    मदन भण्डारी राजमार्गको चारवटा पुलको निर्माण सम्पन्न

    झापा । मदन भण्डारी राजमार्गमा पर्ने ३५ वटा पुलमध्ये चारवटाको निर्माण सम्पन्न भएको छ । बाँकी ३३ पुलको ७० देखि ९० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर सजित शर्माका अनुसार झापाको बाहुनडाँगीदेखि सुनसरीस्थित धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडकमा पर्ने पुलको हालसम्मको भौतिक प्रगति ७८ प्रतिशत भएको छ ।

    उनले सो सडकमा पर्ने पुलमध्ये सदम, मुरङ्गी, डाले र मुगु खोलामा पक्की पुल निर्माण भइसकेको बताए । निर्माण भएका सबै पुल मोरङ जिल्लाभित्र पर्ने उनले जानकारी दिए। उनले झापा सडकखण्डमा पर्ने १० वटा पुलको समेत निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।

    “सबै पुलको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ”, उनले भने, “यही रफ्तारमा काम हुँदा तोकिएको समयमै सकिन्छ ।” उनले अधिकांश पुलको निर्माण ८० देखि ९० प्रतिशतसम्म भइसकेको जानकारी दिए । उनका अनुसार टाइटिङ, गोयाङ, विरिङ, दामा खोलालगायतको पुलको काम ९० प्रतिशत पूरा भइसकेको छ ।

    निर्माणधीन पुलको लम्बाई २० मिटरदेखि चार सय मिटरसम्मका रहेको उनले बताए । १० अर्ब १३ करोडको लागतमा एक सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइएको इञ्जिनीयर शर्माको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # प्रदेश १

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend