धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २० गते भित्रै विश्वासको मत लग्ने तयारी गरेका छन् ।
दोश्रो पटक काठमाण्डौं गएका मुख्य मन्त्री शाहले विश्वासका मत पाउने सुनिश्चितता भएपछि धनगढी फर्केर विश्वासको मत लिने तयारी गरेका हुन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको दुई दिनपछि काठमाण्डौं गएका शाहले सो क्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सहति नेता कार्यकर्तासँग भेट गरेका थिए । तर विश्वासको मत पाउने शुनिश्चितता भने सो क्रममा हुन सकेको थिएन । गठबन्धन फेरिएसँगै उनले विश्वासको मत लिन खोजेका हुन् ।
‘उहाँले अब फागुन २० गते भित्रै विश्वासको मत लिनेगरी तयारी थाल्नु भएको छ, कांग्रेसका एक प्रदेश सभा सदस्यले भने, ‘त्यसका लागि छिट्टै प्रदेश सभा बैठक आह्वा गर्ने तयारी पनि गरिएको छ ।’
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागि भएको नेकपा एकिकृत समाजबादी पार्टीका कैलाली संयोजक दिर्घ सोडारीले विश्वासको मत लिन अब अप्ठयारो नभएको बताए । ‘मुख्यमन्त्रीज्यूलाई विश्वासको मत पाउन अव कुनै सकस हुनेछैन, अब हामी करिव दुई तिहाइ मतका साथ सरकार संचालन गर्नेछौं, र अब यो सरकार दिगो पनि हुने छ ।’
नेकपा माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य तथा प्रदेश सभा सदस्य रमेस सिंह धामीले पनि अव सुदूरपश्चिम प्रदेश सुरकारलाई विश्वासको मत पाउन सकस नहुने बताए । उनले राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा ८ दलीय गठबन्धन बनेको बताउँदै प्रदेश सभा सदस्य धामीले सोही गठबन्धनको जोडबलमा अव प्रदेशमा पनि सरकार बन्ने बताए ।
तर यही सरकारलाई विश्वासको मत दिने वा अर्को मुख्यमनत्री बनाउने भन्ने निर्णय अहिलै नभइसकेको उनको भनाइ छ ।
राष्ट्रपति निमर्वाचनका लागि केन्द्रमा नेपाली कांग्रेस, नेकपा एस र नेकपा माओबादी केन्द्र सहितको गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल शाहले सजिलै विश्वासको मत पाउने परिस्थिती बनेको हो ।
सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेससँग १९, नेकपा माओबादी केन्द्रका११, नेकपा एसका ४ जना प्रदेश सभा सदस्य रहेका छन् । तीन वटै दल मिलेर सरकार बनेको स्थितीमा पनि सुदूरपश्चिम प्रदेश सभामा सरकारसंग ३४ जना प्रदेश सभा सदस्य हुने छन् । जुन सम्मानजनक बहुमत हो । सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन आवश्यक पर्ने बहुमत संख्या २७ हो ।