Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६
Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६ गते मंगलबार

images
images

विश्वासको मत लिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री शाह

विश्वासको मत लिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री शाह

  • 187
    SHARES
  • विश्वासको मत लिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री शाह
    विश्वासको मत लिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री शाह

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थालेका छन् ।

    मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ । विश्वासको मतका लागि उनले पछिल्ला दिनमा दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीसंग भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।

    मुख्यमन्त्री शाह केही दिन अघि काठमाडौं पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेटवार्ता गरी फर्किएका छन् । “विश्वासको मत लिनका लागि सभामुखसंग मुख्यमन्त्री शाहले आवश्यक परामर्श गरिरहेका छन् । प्रदेशसभामा एमाले बाहेकका दलसंगको छलफललाई समेत तीव्रता दिएका छन् ।” मुख्यमन्त्रीका स्वकीय सचिव धीरेन्द्र शाहीले भने ।

    संविधानको धारा १६८ (३) बमोजिम गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले यही फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने छ । प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता शाह एकीकृत समाजवादीका गरी २३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उनलाई विश्वासको मत पाउन २७ सदस्यको समर्थन आवश्यक पर्छ । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, एमालेका १०, माओवादी केन्द्रका (सभामुखसहित) ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार तथा राप्रपा र स्वतन्त्र गरी एक एक सदस्य छन् ।

    पछिल्लो पटक केन्द्रमा फेरिएको समीकरणसंगै मुख्यमन्त्री शाह प्रदेशसभामा विश्वासको मत पाउनेमा ढुक्क रहेको उनका स्वकीय सचिव शाहीको दाबी छ । गत मंसिर ४ गते सम्पन्न चुनावलगत्तै मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल तोकिएको समयभित्र प्रदेशसभामा विश्वासको मत पाउन असफल हुनु भएपछि उनले पदबाट राजीनामा दिएका थिए ।

    एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाका गरी बहुमत सदस्यको समर्थनमा एमालेका रावल मुख्यमन्त्री नियुक्त भएका थिए । नागरिक उन्मुक्तिले विश्वासको मत दिन नमानेपछि रावल पदमुक्त हुनुपरेको थियो ।

  • सम्बन्धित विषय:

  • # कमलबहादुर शाह

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend