Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

विश्वप्रसिद्ध अवार्ड जितेलगत्तै डा.सन्दुक रुइत जन्मगाउँको आँखा शिविरमा

विश्वप्रसिद्ध अवार्ड जितेलगत्तै डा.सन्दुक रुइत जन्मगाउँको आँखा शिविरमा

  • 87
    SHARES
  • विश्वप्रसिद्ध अवार्ड जितेलगत्तै डा.सन्दुक रुइत जन्मगाउँको आँखा शिविरमा
    विश्वप्रसिद्ध अवार्ड जितेलगत्तै डा.सन्दुक रुइत जन्मगाउँको आँखा शिविरमा

    ताप्लेजुङ । विश्वप्रसिद्ध बहराईन सरकारको ईशा अबार्ड प्राप्त गरेका वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइत यतिखेर आफनै गृह जिल्लाको आँखा शिबिरमा पुगेका छन् ।

    गत ९ फागुनमा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाको हातवाट विश्व प्रसिद्ध अवार्ड ग्रहण गरे पछि पहिलो पटक उनी गृह जिल्ला आइपुगेका हुन् ।

    शनिबारदेखि आफ्नै जन्म गाउँ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा- ७ ओलाङचुंगोला निशुल्क आँखा शिविरमा ब्यस्त छन् । आइतबारसम्म जारी रहने आँखा शिविरमा बिरामीहरुको आँखाको शल्यक्रियासमेत गरिरहेका हुन् ।

    उनको नेतृत्वमा रहेको चिकित्सक तथा आँखा प्राविधिकको टोलीले शनिवार र आइतबार फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया सहितको आँखा शिविर संचालन गर्नेछ ।

    सो अभियानका अभियन्ता मिङ्माडण्डु शेर्पाका अनुसार प्रतिष्ठित ईसा अवार्ड प्राप्त गरेपछि उनी शल्यक्रिया सहितको निस्शुल्क आँखा शिविर कार्यक्रम लिएर पूर्वी नेपाल छिरेका हुन् । यो शिविर अघि उनले तेह्रथुम जिल्लाका विभिन्न स्थानमा निस्शुल्क आँखा शिविर संचालन गरेर ताप्लेजुङ आएका हुन् ।

  • सम्बन्धित विषय:

  • # डा.सन्दुक रुइत

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend