Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

हात्तीपाइले रोगबिरुद्धको औषधी खुवाउने म्याद ३० गतेसम्मलाई बढाइयो

हात्तीपाइले रोगबिरुद्धको औषधी खुवाउने म्याद ३० गतेसम्मलाई बढाइयो

  • 74
    SHARES
  • हात्तीपाइले रोगबिरुद्धको औषधी खुवाउने म्याद ३० गतेसम्मलाई बढाइयो
    हात्तीपाइले रोगबिरुद्धको औषधी खुवाउने म्याद ३० गतेसम्मलाई बढाइयो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समय  थप गरेर अभियानलाई निरन्तरता दिएको छ  ।

    यसअघि फागुन २५ गतेसम्म हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने समयसिमा तोकिएको भए पनि मन्त्रालयले पाँच दिन थप गरेर ३० गतेसम्मलाई निरन्तरता दिएको हो ।

    कर्णाली प्रदेशबाहेक मुलुकका १५ जिल्लामा गत फागुन  ११  गतेदेखि २५ गतेसम्म हात्तीपाइलेविरुद्ध औषधि खुवाउने अभियान सञ्चालन भईरहेको थियो ।

    स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासका अनुसार अब १५ जिल्लमा फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने छ ।

    जसअनुसार कोशी प्रदेशको झापा र मोरङ, मधेस प्रदेशको महोत्तरी, रौतहट, बारा, धनुषा, सर्लाही, बाग्मती प्रदेशको रसुवा, गण्डकी प्रदेशको पर्वत, बागलुङ, लमजुङ, लुम्बिनी प्रदेशको  बाँके, कपिलवस्तु र दाङ, सुदुरपश्चिम प्रदेशको कैलालीमा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान जारी छ ।

    हात्तीपाइले रोगविरुद्धको औषधि वडा कार्यालय, स्वास्थ्य  संस्था, सामुदायिक  भवन,  विद्यालय, धार्मिक स्थललगायतमा केन्द्रमा स्वास्थ्यकर्मीको निगरानीमा खुवाइन्छ ।

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend