Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

विकिपिडियालाई वामपन्थीले नियन्त्रणमा लिएको कंगनाको दाबी

विकिपिडियालाई वामपन्थीले नियन्त्रणमा लिएको कंगनाको दाबी

  • 51
    SHARES
  • विकिपिडियालाई वामपन्थीले नियन्त्रणमा लिएको कंगनाको दाबी
    विकिपिडियालाई वामपन्थीले नियन्त्रणमा लिएको कंगनाको दाबी

    एजेन्सी, मुम्बई । अभिनेत्री कंगना रनावतले सूचनामा आधारित वेबसाइट विकिपीडियालाई वामपन्थीले पूर्ण रुपमा नियन्त्रणमा लिएको दाबी गरेकी छन् । उनको बारेमा विकिपीडियामा दिइएको जानकारी गलत देखिएपछि उनले यो दाबी गरेकी हुन् ।

    उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफ्नो जन्मदिनलाई विकिपीडियाले गलत मिति लेखेको उल्लेख गरेकी छन् । ‘मेरो जन्मदिन २३ मार्चमा हो जबकी वेबसाइटमा २० मार्च लेखिएको छ’, उनले लेखेकी छन्, ‘विकिपीडियालाई पूर्ण रुपमा नियन्त्रणमा लिइएको छ । मेरो बारेमा अधिकांश जानकारी जस्तै मेरो जन्मदिन, वा उचाइ वा पृष्ठभूमि पूर्ण रुपमा गलत छ । हामीले जसलाई जति नै सुधारे पनि फेरि त्यस्तै हुन्छ ।’

    उनले कैयौं रेडियो च्यानल, फ्यान क्लब र शुभचिन्तकले आफूलाई २० मार्चको जन्मदिनको बधाई पठाउन सुरु गरिसकेको जानकारी दिएकी छन् ।

    कामको कुरा गर्दा कंगनाले फिल्म ‘चन्द्रमुखी २’को सुटिङ पुरा गरेकी छन् । उनीसंग ‘इमरजेन्सी’, ‘तेजस’, ‘मणिकर्णिका रिटन्सर्ः द लीजेन्ड अफ दिदा’ र ‘द अवतारः सीता’ जस्ता फिल्म पनि छन् ।

     

  • सम्बन्धित विषय:

  • # कंगना रनावत

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend