Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

  • 51
    SHARES
  • नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
    नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

    काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.३२ अंकले ओरालो लागेर १९३३.३१ मा सीमित भएको छ ।

    ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५१ अंकले ओरालो लागेर  ३६४.७८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्यमा भने ओरालो लागेको छ ।

    विभिन्न कम्पनीका कूल ३४ लाख दुई हजार दुई सय ६७ कित्ता शेयर एक अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैयाँमा खरिद बिक्री भएका छन् । कारोबारपछि बजार पुँजीकरण २७ खर्ब ९३ अर्ब ४१ करोड ८७ लाख ६२ हजार दुई सय ७८ पुगेको छ ।

    कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको चार करोड ९४ लाख ९२ हजार छ सय १९ रुपैयाँ बराबरको कारोबार भयो । नविल बैंक तीन करोड ९६ लाख ८३ हजार सात सय ३१, हिमालयन डिस्टिलरी तीन करोड ८३ लाख दुई हजार पाँच सय ८५, नेपाल लाइफ इन्स्योरेन्स तीन करोड ३० लाख तीन हजार आठ सय ६१ र सिद्धार्थ बैंकको संस्थापक शेयर दुई करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

    नेप्सेका अनुसार युनिक नेपाल लघुवित्त, शुभम् पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लिवर्टी इनर्जी ४.९८,किसान लघुवित्त ४.९३ र विन नेपाल लघुवित्तका लगानीकर्ताले ४.२५ प्रतिशतले शेयर मूल्य बढेको छ । 

    त्यस्तै, लक्ष्मी लघुवित्त पाँच दशमलव ७६, नयाँ सारथी लघुवित्त चार दशमलब ८०,प्रभु लाइफ इन्स्योरेन्स चार दशमलब ७४, ग्रीन डेभलपमेन्ट बैंक ४.६८ र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले ४.२० प्रतिशतले शेयर मूल्य बढेको छ । 

  • सम्बन्धित विषय:

  • # नेप्से परिसूचक

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend