Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

१३५ मेगावाटको मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माणकार्य तिव्र

१३५ मेगावाटको मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माणकार्य तिव्र

  • 72
    SHARES
  • १३५ मेगावाटको मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माणकार्य तिव्र
    १३५ मेगावाटको मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माणकार्य तिव्र

    लमजुङ । हिमाली जिल्ला मनाङअन्तर्गत मर्स्याङ्दी नदीमा १ सय ३५ मेगावाटको मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्य धमाधम भइरहेकोे छ ।

    कोरोना संक्रमणका कारण निर्माण हुन नसकेको सो जलविद्युत आयोजनाको निर्माण कार्य पुस अन्तिम साताबाट सुरु भएको हो ।

    मनाङ–मस्र्याङ्दी जलविद्युत आयोजना निर्माणका लागि केही वर्ष पहिले नै तयारी भए पनि विश्वव्यापी कोरोना संक्रमण जोखिमका कारण निर्माण कार्य सुरु हुन सकेको थिएन ।

    आगामी चार वर्षमा निर्माण सम्पन्न गर्नेगरी एक नेपाली र तीन चिनियाँ कम्पनीले साझेदारीमा सो जलविद्युत आयोजना निर्माण गर्न लागेका हुन् । आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीसहित एससीआईजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्ता क्यूवाईसी इन्टरनेसनलले निर्माण गर्ने भएका हुन् ।

    आयोजनामा नेपाली साझेदार बीपीसीको २० प्रतिशत र तीन चिनियाँ कम्पनीको संयुक्त रूपमा ८० प्रतिशत लगानी रहेको छ । कुल लागत ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहने आयोजनाले जनाएको छ ।

    रन अफ द रिभर प्रकृतिमा बन्न लागेको सो आयोजनाबाट वार्षिक ७ सय ६६ दशमलव ५ सय ९३ गिगावाट विद्युत शक्ति उत्पादन हुने जनाइएको छ । आयोजनाबाट वार्षिक ७५ करोड नौ लाख ४८ हजार ८ सय ७५ युनिट विद्युत उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ । सम्भाव्यता अध्ययन अनुसार यो आयोजनाको ग्रस हेड ४ सय ३० दशमलव २० मिटर र हेडरेस टनेल ६ दशमलव ०७५ किमि रहेको छ । आयोजना निर्माणका लागि सम्बन्धित कम्पनी र नेपाल सरकारबीच ३ पुसमा सम्झौता भएको थियो ।


    सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend