Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

खराब मौसमका कारण मंगोलियामा ५ लाख ६७ हजार भन्दा बढी पशुको मृत्यु

खराब मौसमका कारण मंगोलियामा ५ लाख ६७ हजार भन्दा बढी पशुको मृत्यु

  • 68
    SHARES
  • खराब मौसमका कारण मंगोलियामा ५ लाख ६७ हजार भन्दा बढी पशुको मृत्यु
    खराब मौसमका कारण मंगोलियामा ५ लाख ६७ हजार भन्दा बढी पशुको मृत्यु

    मंगोलियामा यो वर्ष खराब मौसमका कारण हालसम्म कूल ५ लाख ६७ हजार पशुको मृत्यु भएको छ । मृतक जनावरको संख्या गत वर्षको सोही अवधिको तुलनामा झण्डै १० प्रतिशतले बढेको पाइएको छ । मरेका जनावरमध्ये ८५ प्रतिशत बाख्रा र भेडा रहेको तथ्यांक निकायले जनाएको छ ।

    यहाँको कुल भूभागको करिब ७० प्रतिशतसम्म हिउँ परेको छ । चारैतिर अत्यन्त चीसो अनुभव गरिएको मौसम विज्ञान तथा वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले उल्लेख गरेको छ ।

    पूर्वका खेन्टी र सुखबाटार, मध्यपश्चिममा अर्खाङगाई र पश्चिमका खोभड र युभ्समा सबैभन्दा बढी जनावरको मृत्यु भएको छ । एनएसओका अनुसार मंगोलियामा सन् २०२२ को अन्त्यमा ७१।१ मिलियन पशुहरू रहेको थियो ।

    भूपरिवेष्ठित देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्न पशुपालनको प्रवर्द्धनलाई सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ ।

  • सम्बन्धित विषय:

  • # मंगोलिया

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend