Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

काठमाडौंमा ड्रमको पानीमा डुबेर बालकको मृत्यु

काठमाडौंमा ड्रमको पानीमा डुबेर बालकको मृत्यु

  • 65
    SHARES
  • काठमाडौंमा ड्रमको पानीमा डुबेर बालकको मृत्यु
    काठमाडौंमा ड्रमको पानीमा डुबेर बालकको मृत्यु

    काठमाडौं । काठमाडौंको तारकेश्वरमा घर नजिकै राखेको ड्रमको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने विष्णु तामाङका एक वर्षीय छोरा आयुष तामाङको आफ्नै घरको शौचालयमा रहेको पानीको ड्रममा डुबेर आज दिउँसो मृत्यु भएको हो ।

    डुबेर गम्भिर अवस्थामा फेला परेका उनको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    यस्तै, काठमाडौंको टोखा नगरपालिका–९ घर भइ चन्द्रागिरी नगरपालिका १२ बलम्बु डेरा गरी बस्ने ५५ वर्षीय नवराज केसी आफ्नै कोठामा आज मृत भेटिएका छन् ।

    प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिए । अहिले शवलाई पोष्टमार्टमका लागि अस्पतालमा पठाइएको जनाइएको छ । उनी बढी मदिरा सेवन गर्ने गरेका स्थानीयले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # घटना # मृत्यु

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend