Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल: जावलाखेल युथ क्लब विजयी

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल: जावलाखेल युथ क्लब विजयी

  • 86
    SHARES
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल: जावलाखेल युथ क्लब विजयी
    सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल: जावलाखेल युथ क्लब विजयी

    काठमाडौं । जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी भएको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा जाउलाखेलले थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

    जावलाखेलको जितमा विदेशी खेलाडी एन्कोटो मासोबी नायक बने । उनले खेलको १६औँ मिनेटमा गरेको १ गोल नै जाउलाखेलको लागि निर्णायक गोल सावित भयो ।

    यस जितसंगै जावलाखेलले पाँच खेलमा दश अंक जोडेको छ । थ्रीस्टारले पाँच खेलमा सात अंक जोडेको छ ।

    यसैगरी च्यासल मैदानमा आज भएको अर्को खेलमा चर्च ब्वाइज युनाईटेड क्लब र मछिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेल्दै एक एक अंक बाडेका छन् ।

    खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । यस बराबरी खेलसँगै चर्च ब्वाइजले ५ खेलमा ११ अंक जोडेको छ भने मछिन्द्रले ५ खेलमा ५ अङ्क जोडेको छ ।


    सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend