Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

नेपाली भाषालाई ‘खस भाषा’ बनाइएको छैन: प्रतिष्ठान

नेपाली भाषालाई ‘खस भाषा’ बनाइएको छैन: प्रतिष्ठान

  • 66
    SHARES
  • नेपाली भाषालाई ‘खस भाषा’ बनाइएको छैन: प्रतिष्ठान
    नेपाली भाषालाई ‘खस भाषा’ बनाइएको छैन: प्रतिष्ठान

    काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषालाई ‘खस भाषा’ भन्ने निर्णय नभएको स्पष्ट पारेको छ । “प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपाली भाषालाई खस भाषाको संज्ञा दिँदै प्रज्ञा प्रतिष्ठानबाट नेपाली भाषा, व्याकरण र शब्दकोष विभाग हटाएको भनी गलत एवम् भ्रामक सूचना सम्प्रेषण भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ”, सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ ।

    प्रतिष्ठानबारे गलत सूचना सम्प्रेषण भएको भन्दै सदस्य सचिव सुवेदीले प्रष्ठिानले नेपाली भाषा व्याकरण र शब्दकोश विभाग हटाउने काम गरेको लगायत गलत एवम् भ्रामक प्रचार तथा सूचना सम्प्रेषण गर्ने गरिएकोप्रति ध्यानाकर्षण भएको बताएका हुन् ।

    प्रतिष्ठानले वर्तमान नेतृत्व नेपाली भाषालगायत नोपलमा बोलिने सबै भाषा, साहित्य, संस्कृति, दर्शनको संरक्षण, सम्वर्धन र विकासमा सदैव सचेत र प्रतिबद्ध रहेको र आगामी दिनसमेतमा प्रतिबद्ध रहने विश्वास पनि दिलाएको छ ।


    सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend