Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

इरानी कुर्दिश ‘राजनीतिक बन्दी’लाई फाँसी दिइयो

इरानी कुर्दिश ‘राजनीतिक बन्दी’लाई फाँसी दिइयो

  • 62
    SHARES
  • इरानी कुर्दिश ‘राजनीतिक बन्दी’लाई फाँसी दिइयो
    इरानी कुर्दिश ‘राजनीतिक बन्दी’लाई फाँसी दिइयो

    पेरिस । इरानले प्रतिबन्धित समूहको सदस्यताका लागि राजनीतिक बन्दीका रूपमा हेरिएका एक कुर्दिश व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिएको अधिकारवादी समूहले बताएका छन् ।

    नर्वेस्थित इरानी मानव अधिकार (आईएचआर) र हेन्गाव अधिकार समूहले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै मोहायदीन एब्राहिमीलाई उत्तर–पश्चिमी इरानको उर्मिया जेलमा शुक्रबार बिहान फाँसी दिइएको जनाएको छ ।

    अन्य पाँच जनालाई पनि शुक्रबार बिहान उर्मियामा लागूऔषधसम्बन्धी आरोपमा मृत्युदण्ड दिइएको समूहले जनाएको छ ।

    सन् २०१७ मा पक्राउ परेका र सन् २०१८ मा मृत्युदण्डको सजाय सुनाइएका इब्राहिमीमाथि इरानको कुर्दिस बाहुल्य क्षेत्रको आत्मनिर्णयका लागि सशस्त्र संघर्ष गर्दै आएको प्रतिबन्धित समूह कुर्दिस डेमोक्रयाटिक पार्टीमा संलग्न भएको आरोप लागेको थियो ।

    इब्राहिमीले उक्त आरोप अस्वीकार गर्दै आएका थिए । अधिकारवादी समूहहरूले उनी इराकबाट सामान बोक्ने भरियाको रूपमा मात्र काम गर्दै आएको बताएका छन् ।

    आईएचआर र हेन्गाव दुवैले उनलाई ‘राजनीतिक बन्दी’ को रूपमा वर्णन गरेका छन् ।

    आईएचआरका अनुसार इब्राहिमीलाई मृत्युदण्ड दिइने निश्चित भएपछि उनका छोरालाई पक्राउ गरिएको थियो । यसको विरोधमा उर्मिया जेलको ढोकाबाहिर बिहीबार अबेर प्रदर्शन पनि गरिएको थियो ।

    हेन्गावका अनुसार इब्राहिमीको परिवारलाई सुरुमा सजाय निलम्बन भएपछि उनलँई अर्को जेलमा पठाउन लागेको बताइएको थियो ।

    गत सेप्टेम्बर १६ मा २२ वर्षीया इरानी कुर्द महसा अमिनीको मृत्युभएपछि सुरु भएको प्रदर्शनको विरोधमा इरानले चार जनालाई मृत्युदण्ड दिएको छ ।

    अधिकारवादी समूहहरूले सबै प्रकारका अभियोगमा मृत्युदण्ड दिने क्रम बढ्दो क्रममा रहेको भन्दै यसले समाजलाई विरोध गर्नेहरूलाई तर्साउन खोजेको तर्क गरेका छन् । आईएचआरका अनुसार इरानमा यस वर्ष कम्तीमा १४४ जनालाई मृत्युदण्ड दिइएको छ । 

  • सम्बन्धित विषय:

  • # इरान

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend