काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र संघ तथा प्रदेशका सांसदहरुबिच आज बिहान शितल निवासमा भेटघाट हुने भएको छ ।
उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरुलाई राष्ट्रपति पौडेलले शनिबार बिहान चियापानका लागि शीतल निवासमा बोलाएका हुन् ।
उपराष्ट्रपति निर्वाचनको मतदानका लागि संघ तथा सातै प्रदेशका सांसदहरु राजधानी काठमाडौंमा आएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामुहिक रुपमा सांसदहरुलाई भेटघाट गर्न खोजेका हुन् ।