Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

अनलाइन प्रणालीको विकासले नागरिक लागनी कोषको कारोबारमा सहजता

अनलाइन प्रणालीको विकासले नागरिक लागनी कोषको कारोबारमा सहजता

  • 50
    SHARES
  • अनलाइन प्रणालीको विकासले नागरिक लागनी कोषको कारोबारमा सहजता
    अनलाइन प्रणालीको विकासले नागरिक लागनी कोषको कारोबारमा सहजता

    काठमाडौं । अर्थ मन्त्रालका राजस्व सचिव डा. रामप्रसाद घिमिरले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोबारमा सहजता आएको बताएका छन् ।

    कोषको ३३औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा प्रमुख सचिव घिमिरले विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्यांक लिन थालेपछि त्रुटि कम हुन थालेको बताए । उनले अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोषप्रति आकर्षण बढ्दो क्रममा रहेको धारणा राखे ।

    कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष प्रा।डा सूर्यबहादुर थापाले कोषले आफूलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ कार्य गरिरहेको बताए । उनले आगामी दिनमा देशको आर्थिक वृद्धिमा टेवा पुर्‍याउने एवं रोजगारी सिर्जना गर्न, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा लगानीलाई विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।

    अध्यक्ष थापाले कर्मचारी विनियमावली अगाडि बढेको, कोषको स्रोत, साधनअनुसार कार्यरत कर्मचारीको सेवा सुविधा परिमार्जन हुँदै आएको बताए ।

    कोषका कार्यकारी निर्देशक रमण नेपालले चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम दुई खर्ब छ अर्ब १९ करोड  रहेकोमा उक्त अवधिमा कोषले दुई  खर्ब पाँच अर्ब ६९ करोड लगानी गरेको बताए ।

    कोषले लगानी गर्दा सुरक्षित र प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने विषयलाई उच्च प्राथमिकता दिएको उनको भनाइ छ ।

    कार्यक्रममा नागरिक लगानी कोष कर्मचराी युनियनका अध्यक्ष सुरेश चालिसे र नेपाल वित्तीय संस्था कर्मचराी संघका अध्यक्ष देवनारायण गुरागाईंले कोषले गर्नुपर्ने विषयमा व्यवस्थापनको ध्यानाकर्षण गराए । 

     वाषिकोत्सव कार्यक्रममा २० वर्षे सेवा अवधि पूरा गर्नुभएको कर्मचारीलाई पदक र उत्कृष्ट कर्मचारीलाई सम्मान पत्र प्रदान गरिएको थियो । 

  • सम्बन्धित विषय:

  • # नागरिक लागनी कोष

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend