Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

सडकमा लडेर अचेत भएका सुरक्षाकर्मीको मृत्यु

सडकमा लडेर अचेत भएका सुरक्षाकर्मीको मृत्यु

  • 83
    SHARES
  • सडकमा लडेर अचेत भएका सुरक्षाकर्मीको मृत्यु
    सडकमा लडेर अचेत भएका सुरक्षाकर्मीको मृत्यु

    भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका- ९ स्थित भाटभटेनी सुपरमार्केट राधेराधे नजिक प्राणजल फास्टफुड रेष्टुरेण्टबाट फर्किने क्रममा एकजना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

    काठमाडौ नागार्जुन बस्ने ४३ वर्षका  सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक तीर्थ ढु‌ंगेलको निधन भएको प्रहरीले जनाएको हो । आफैँ सडकमा लडी अचेत अवस्थामा स्थानीयले देखेर उपचारका लागि मध्यपुर अस्पताल पुर्‍याइएको थियो । उनको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको भक्तपुर प्रहरी परिसले जनाएको छ ।

    सो सम्बन्धमा अनुसन्धान भइरहेको परिसरका प्रमुख एसपी प्रजित केसीले जनाए ।
     

     


    सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend