Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

मिटरब्याजीपीडितले तय गरे काठमाडौंसम्मको पैदलयात्रा

मिटरब्याजीपीडितले तय गरे काठमाडौंसम्मको पैदलयात्रा

  • 51
    SHARES
  • मिटरब्याजीपीडितले तय गरे काठमाडौंसम्मको पैदलयात्रा
    मिटरब्याजीपीडितले तय गरे काठमाडौंसम्मको पैदलयात्रा

    सर्लाही । मधेस प्रदेशका मिटरब्याजपीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौंको पैदलयात्रामा निस्केका छन् । स्थानीयस्तरमा पटकपटक आन्दोलन गर्दा न्याय नपाएपछि मधेस प्रदेशका मिटरब्याजपीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौंका लागि पैदलयात्रामा निस्केका हुन् ।

    मिटरब्याजविरुद्धको संघर्ष समितिको नेतृत्वमा सरकारलाई घचघच्याउन मधेस प्रदेशका मिटरब्याजपीडित काठमाडौंका लागि पैदलयात्रामा निस्केका छन् । पीडक साहु महाजनविरुद्ध चरणबद्धरुपमा आन्दोलन सुरु गरेका मिटरब्याजपीडित सरकारलाई आफ्ना गुनासा र समस्या सुनाउन भन्दै काठमाडौंसम्मको पैदलयात्रामा निस्केको महोत्तरीका मिटरब्याजपीडित मनोज पासवानले जानकारी दिए ।

    उनका अनुसार मिटरब्याजी साहु महाजनले मधेस प्रदेशका आर्थिक अवस्था कमजोर रहेका धेरै मानिसलाई दुःख दिएका र त्यसबाट मुक्ति पाउनका लागि अभियान सुरु गरिएको हो । सर्लाहीबाट संघर्ष समिति गठन गरेर करिब चार वर्ष पहिलादेखि सुरु भएको मिटरब्याज पीडितको आन्दोलन अहिले मधेस प्रदेशका साथै देशभरका धेरै स्थानमा सुरु भइसकेको छ ।

    स्थानीयस्तरबाट आन्दोलन गर्दा आफ्ना माग नसुनेका कारण पैदलै गएर सरकारलाई आफ्ना समस्या सुनाउन काठमाडौंका लागि पैदलयात्रामा निस्केका मिटरब्याजपीडित पासवानले बताए ।

    सप्तरीदेखि पर्सासम्मका मिटरब्याजपीडित एक भएर पीडक साहु महाजनविरुद्ध चरणबद्धरुपमा आन्दोलन जारी राखेका र अहिले पैदलै हिँडेर काठमाडौं पुगी सरकारलाई आफ्ना समस्या सुनाउने भन्दै सिरहाकी मिटरब्याजीपीडित ममतादेवी रायले बताए ।

    पीडित रमेश बुढाथोकीका अनुसार यसअघि काठमाडौंमा समेत आन्दोलन भएका र सरकाले मिटरब्याजी पीडितको समस्या समाधानका लागि  पहल गर्ने आश्वासन दिएको भए पनि अहिलेसम्म सरकारले कुनै प्रकारका ठोस नीति नल्याएका कारण मिटब्याजीपीडित थप मारमा परेका छन् ।

  • सम्बन्धित विषय:

  • # मिटरब्याजीपीडित

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend