काठमाडौं । ‘सम्मान मिस लिम्बू–२०७९’का प्रतियोगीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । ‘मिस लिम्बू’को छैटौं संस्करणमा सहभागी १८ जना प्रतिस्पर्धीले ‘ट्यालेन्ट’ राउण्ड अन्तर्गत शनिबार प्रतिभा प्रस्तुत गरेका हुन् ।
याक्थुङ युथ एशोसिएसन (वाईवाईए) द्वारा आयोजित ‘मिस लिम्बू’को यस संस्करणमा नेपाललगायत भारतको सिक्किमबाट समेत प्रतिनिधित्व रहेको छ । प्रतिभा प्रस्तुत गर्ने क्रममा प्रतियोगीहले नृत्य, गायन, अभिनय, प्रहसनलगायतका कला प्रस्तुत गरेका थिए ।
ट्यालेन्ट शोका लागि पूर्वमिस लिम्बू सानु नेम्बाङ, पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ, गायिका तथा अभिनेत्री विष्णु चेम्जोङ, लिम्बू विद्यार्थी संघका अध्यक्ष दीपा लक्सम, छमटमी सिजन–२ का विजेता सरोज प्रजा, एपी वान टेलिभिजनका मार्केटिङ अफिसर रोशन सुबेदी र किरात थाक्थुङ चुम्लुङ सांस्कृतिक परिषदका अध्यक्ष गोविन्द आङबुङ निर्णायक रहेका थिए ।
ट्यालेन्ट राउण्डको नतिजा फाइलनको दिन घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष तथा गायका भीम लिम्बूले बताएका । ‘सम्मान मिस लिम्बू–२०७९’को ग्राण्ड फिनाले यही चैत ११ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रम संयोजक एवं गायक रुकमान लिम्बूले जानकारी दिए ।
सप्त किरण मिडिया नेटवर्क प्रा.लि.
गोकर्णेश्वर-६, काठमाडौँ अध्यक्ष तथा प्रबन्ध निर्देशक: मन्दिर प्रसाद तिमिल्सिना प्रधान सम्पादक: सुमित्रा न्यौपाने सूचना विभाग दर्ता नं. २८४३-२०७८/०७९ फोन नं: ०१-५९००८२९ , ९८४३४४६०८८ इमेल:[email protected] [email protected]