Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

आईएमएफले श्रीलंकाका लागि २.९ अर्ब अमेरिकी डलरको कर्जा स्वीकृत गर्ने

आईएमएफले श्रीलंकाका लागि २.९ अर्ब अमेरिकी डलरको कर्जा स्वीकृत गर्ने

  • 52
    SHARES
  • आईएमएफले श्रीलंकाका लागि २.९ अर्ब अमेरिकी डलरको कर्जा स्वीकृत गर्ने
    आईएमएफले श्रीलंकाका लागि २.९ अर्ब अमेरिकी डलरको कर्जा स्वीकृत गर्ने

    एजेन्सी, कोलम्बो । आईएमएफले श्रीलंकाका लागि २.९ अर्ब अमेरिकी डलरको कर्जा स्वीकृत गर्ने भएको श्रीलंकाले जनाएको छ ।

    श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सोमबार दुई अर्ब ९० करोड अमेरिकी डलरको राहत प्याकेज स्वीकृत गर्ने तयारी गरेको बताउँदै देशको ‘डलर संकट’ अन्त्य भएको बताए । 

    श्रीलंकासंग अत्यावश्यक क्षेत्रको आयातका लागि पर्याप्त विदेशी संचिति हुने बताउँदै उनले आईएमएफको प्याकेजले लगानीकर्ताको भावनालाई बढावा दिने र थप विदेशी कोष र लगानीमा देशको पहुँच बढाउने बताए ।

    “आईएमएफको प्याकेजमा श्रीलंका सरकारलाई बजेटसम्बन्धी सहयोग समावेश हुनेछ, जुन आईएमएफको कर्जाको नयाँ अंश हो,” उनले भने ।

    सन् २०२२ मा दक्षिण एशियाली मुलुक श्रीलंका गम्भीर आर्थिक संकटको चपेटामा परेपछि अन्तर्राष्ट्रिय ऋणदातासँग सम्बन्धित वार्ता सुरु गरेको थियो । 

  • सम्बन्धित विषय:

  • # आईएमएफ

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend