Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६
Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६ गते मंगलबार

images
images

सुटिङअगावै कानुनी झमेलामा 'हेरा फेरी ४'

सुटिङअगावै कानुनी झमेलामा 'हेरा फेरी ४'

  • 179
    SHARES
  • सुटिङअगावै कानुनी झमेलामा 'हेरा फेरी ४'
    सुटिङअगावै कानुनी झमेलामा 'हेरा फेरी ४'

     मुम्बई । बलिउडको कल्ट क्लासिक कमेडी फिल्म ‘हेरा फेरी’को चौथो संस्करण ‘हेरा फेरी ४’को तयारी सुरु भइसकेको छ । ‘हेरा फेरी ४’ मा एकपटक पुनः अक्षय कुमार, सुनील सेठ्ठी र परेश रावल देखिँदैछन् । यसपटक फिल्ममा अभिनेता सञ्जय दत्त पनि देखिँदैछन् ।

    अहिले यो फिल्म सुटिङ सुरु हुनुअघि नै कानुनी झमेलामा परेको छ । टी सिरिजले निर्माताविरुद्ध कानुनी उजुरी दिएको छ । टी सिरिजले दिएको निवेदनमा फ्रेञ्चाइजीको हरेक गीतको दृश्य र अडियोमा आफ्नो अधिकार दाबी गरेको छ ।

    सिरिजले निर्माताले फ्रेञ्चाइजीको संगीत र अडियो अधिकारको प्रयोगअघि अनुमति नलिएको भन्दै नोटिस पठाएको छ । नोटिसमा कम्पनीले आफूलाई फ्रेञ्चाइजीको अडियो र भिजुअलको सबै कपीराइटको एक मात्र एक्सक्लुसिभ होल्डर भनेको छ ।

    ‘हेराफेरी’ सन् २००० मा प्रिय दर्शनले निर्देशन गरेको फिल्म हो । फिल्मले एक गरिब जमिन्दार र उसको घरमा बस्ने दुई युवाको कथालाई चित्रण गरेको छ । यसको दोस्रो भाग ‘फिर हेरा फेरी’ सन् २००६ मा प्रदर्शनमा आएको थियो । यसको निर्देशक नीरज वोराले गरेका थिए । फिल्मको तेस्रो संस्करण अर्थात् ‘हेरा फेरी ४’को निर्देशन फरहाद सामजीले गर्नेछन् ।

  • सम्बन्धित विषय:

  • # हेरा फेरी ४

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend