Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६
Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६ गते मंगलबार

images
images

१७ चैतमा ‘स्पेसल नाइट विथ कालिप्रसाद बासकोटा’ हुने

१७ चैतमा ‘स्पेसल नाइट विथ कालिप्रसाद बासकोटा’ हुने

  • 103
    SHARES
  • १७ चैतमा ‘स्पेसल नाइट विथ कालिप्रसाद बासकोटा’ हुने
    १७ चैतमा ‘स्पेसल नाइट विथ कालिप्रसाद बासकोटा’ हुने

    काठमाडौं । गायक तथा संगीतकार कालिप्रसाद बासकोटा सन् २०२३ कै पहिलो सांगीतिक कार्यक्रमका रुपमा ‘स्पेसल नाइट विथ कालिप्रसाद बासकोटा’मा काठमाडौंका दर्शकमाझ गुञ्जिने भएका छन् ।

    पछिल्लो फिल्म ‘फूलबारी’मा रहेको गीत ‘माया रैछ र’मा स्वर दिएका कालिप्रसाद ठमेलको संचय कोष चोकमा खुलेको नयाँ क्लब ‘क्लब ओम्निया’मा १७ चैत शुक्रबार गुञ्जिन लागेका हुन् ।

    कार्यक्रममा कालिप्रसादले नयाँ व्याण्ड ‘साथी भाइ’संग लाइभ गीत गाउनेछन् । कन्सर्टमा बास्कोटाले ‘अजम्बरी माया पिरती’, ‘निरा’, ‘ओखती’, ‘बाटुली’, ‘लप्पन छप्पन’, ‘इन्स्टाको फोटो’ र ‘पंक्षी’ लगायतका लोकप्रिय गीत गाउनेछन् । उनले ‘साथीभाइ’ व्याण्डसंग ‘माया रैछ र’ गीत पनि पहिलोपटक लाइभ गाउनेछन् ।

    कार्यक्रम पीभीइ नेटवर्कको प्रस्तुती र डेभिल्स ग्रुपको सहकार्यमा हुन लागेको हो । कालिप्रसाद ‘सा रे ग म प’ तथा ‘नेपाल आइडल सिजन १,२,३ का निर्णायक पनि हुन् ।

  • सम्बन्धित विषय:

  • # कालिप्रसाद बासकोटा

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend