Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६
Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६ गते मंगलबार

images
images

बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

  • 102
    SHARES
  • बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु
    बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

    बैतडी । भिरबाट लडेर  बैतडीमा एक पुरुषको ज्यान गएको छ ।

    पाटन नगरपालिका–४ बत्थीका ५० वर्षीय जगदिश सिंह महराको आइतबार भिरबाट लडेर मृत्यु भएको हो । आइतबार दिउँसो एक बजे सोही वडाकै बग्गीचोर भन्ने ठाउँमा महरा भिरबाट लडेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

    महरालाई  स्वास्थ्य केन्द्रमा पुर्‍याए पनि उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज योगेश खत्रीले बताए ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना # मृत्यु

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend