Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६
Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६ गते मंगलबार

images
images

कांग्रेसले तनहुँ- १ मा भट्टराई र चितवन- २ मा श्रेष्ठलाई उम्मेदवार बनाउने

कांग्रेसले तनहुँ- १ मा भट्टराई र चितवन- २ मा श्रेष्ठलाई उम्मेदवार बनाउने

  • 81
    SHARES
  • कांग्रेसले तनहुँ- १ मा भट्टराई र चितवन- २ मा श्रेष्ठलाई उम्मेदवार बनाउने
    कांग्रेसले तनहुँ- १ मा भट्टराई र चितवन- २ मा श्रेष्ठलाई उम्मेदवार बनाउने

    काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाख १० मा हुने लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ मा नेता गोविन्द भट्टराई र चितवन क्षेत्र नं २ मा नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त क्षेत्रमा केन्द्रीय सदस्य भट्टराई र पूर्वजिल्ला सभापति श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बारा क्षेत्र नं २ मा कसलाई उम्मेदवार बनाउने भन्ने बारे चैत्र १९ गते बस्ने केन्द्रिय कार्य सम्पादन समितिको बैठकले टुंगो लगाउने बताइएको छ ।

    तनहुँ- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि र बारा- २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो स्थान रिक्त भएको हो ।

    यसैगरी चितवन–२ बाट निर्वाचित रवि लामिछाने नागरिकताको विवादमा परेपछि सो स्थान रिक्त भएको हो । निर्वाचन आयोग नेपालले तीन वटै निर्वाचन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन गर्ने तयारी गरेको छ ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend