Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६
Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६ गते मंगलबार

images
images

१७ करोड भन्दा बढी मूल्यको कोकिनसहित २ भारतीय महिला पक्राउ

१७ करोड भन्दा बढी मूल्यको कोकिनसहित २ भारतीय महिला पक्राउ

  • 90
    SHARES
  • १७ करोड भन्दा बढी मूल्यको कोकिनसहित २ भारतीय महिला पक्राउ
    १७ करोड भन्दा बढी मूल्यको कोकिनसहित २ भारतीय महिला पक्राउ

    काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले ७ केजी ८ सय ८७ ग्राम लागूऔषध कोकिनसहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्ली लैजान लागेको अवस्थामा कोकिनसहित एक भारतीय महिला र काठमाडौंको ठमेलस्थित एक होटलबाट अर्का एक भारतीय महिलालाई पक्राउ गरिएको जनाएको छ ।

    पक्राउ पर्नेमा ४५ वर्षीया भन्लालमी र २९ वर्षीया इस्थर लाल्हिमपुई रहेका छन् । बरामद भएको कोकिनको अवैध बजार मूल्य १७ करोड तीन लाख ५१ हजार रहेको व्युरोका प्रमुख ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए । 

    फागुन १४ गते दिल्ली जान लागेकी भन्लालमीको लगेज चेक गर्ने क्रममा लगेजभित्र चारवटा लेडिज फल्सबटम बनाई लागू औषध लैजान लागेको अवस्था पक्राउ गरिएको खनालले बताए ।

     


    सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend