Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६
Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६ गते मंगलबार

images
images

अर्थशास्त्री डा. स्वर्णिम वाग्लेद्वारा कांग्रेस पार्टी परित्यागको घोषणा

अर्थशास्त्री डा. स्वर्णिम वाग्लेद्वारा कांग्रेस पार्टी परित्यागको घोषणा

  • 125
    SHARES
  • अर्थशास्त्री डा. स्वर्णिम वाग्लेद्वारा कांग्रेस पार्टी परित्यागको घोषणा
    अर्थशास्त्री डा. स्वर्णिम वाग्लेद्वारा कांग्रेस पार्टी परित्यागको घोषणा

    काठमाडौं । अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पार्टी छाडेको घोषणा गरेका छन् । 

    सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, “विसं २०४२ को ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु, त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्षरूपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेँ ।”

    उनले सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै विसं २०८० को सुरुआतसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय रहने बताएका छन् । 

  • सम्बन्धित विषय:

  • # डा. स्वर्णिम वाग्ले

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend