Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

किन रुँदै छाडे घिमिरेले ३१ वर्ष संघर्ष गरेको एमाले पार्टी ?(भिडियो)

किन रुँदै छाडे घिमिरेले ३१ वर्ष संघर्ष गरेको एमाले पार्टी ?(भिडियो)

  • चैत २९, २०७८ मंगलबार १६:५८ बजे
  • 226
    SHARES
  • किन रुँदै छाडे घिमिरेले ३१ वर्ष संघर्ष गरेको एमाले पार्टी ?(भिडियो)
    किन रुँदै छाडे घिमिरेले ३१ वर्ष संघर्ष गरेको एमाले पार्टी ?(भिडियो)

    झापा । झापाको मेची नगर नगरपालिकाको मेयरको उम्मेद्‍वार  सिफारिसमा नपरेपछि एमाले जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरेले पार्टी छाडेका छन् ।

    मेची नगरमा पत्रकार सम्मेलन गरेर उनले सहकर्मीहरुले पटक पटक आफूमाथि अन्याय गरेको भन्दै अन्याय सहनु भन्दा स्वतन्त्र जीवन जिउनु ठीक ठानेर एमाले छाडेको बताए ।

    ‘३१ वर्षअघि पार्टी सदस्य प्राप्त गरें, निरन्तर रुपमा एमालेको इमान्दार कार्यकर्ताको रुपमा काम गरें, तर पार्टीका केही नेताले मेरो अवमुल्यन गरेर अवसरबाट वञ्चित गर्ने र घेराबन्दीमा पार्ने काम गरें,’ पत्रकार सम्मेलनमा आँसु खसालेका उनले भने, ‘मलाई पार्टीका नेताहरुले रुहाउँदै रुहाउँदै निष्काशन गरे, म आफैं निस्किएको हैन, मलाई निकालेका हुन्, निस्किन बाध्य पारेका हुन् ।’

    उनले पार्टीमा जीवन विताएपछि जिम्मेवारी र अवसरको आशा गर्नु स्वभाविक भएको भन्दै भने, ‘कसैलाई थपि थपि जिम्मेवारी दिने र कसैलाई अवसरबाट बञ्चिन गर्ने काम एमालेको स्थानीय नेतृत्वबाट भएको छ ।’

    पत्रकार सम्मेलनमा भावुक भएका उनले आफ्ना आँसुले अन्याय गर्नेहरुलाई पिरोल्ने बताए । भने ‘मेरो आँसुले मलाई अन्याय गर्नेहरुलाई पिरोल्ने छ, जसले मलाई यो पार्टीबाट रुँदै रुँदै बाहिरिने अवस्था सिर्जना गरे ।’

    पत्रकार सम्मेलनमार्फत एमाले छाडेको घोषणा गरेका उनले स्वतन्त्र बामपन्थीका रुपमा बस्ने तत्काल अरु पार्टीमा नजाने पनि बताए । ६५ वर्षको उनले आफूले सकुञ्जेल वर्गीय जनताको पक्षमा काम गरिरहने बताए । घिमिरेले मेची नगरको मेयर उठ्ने चाहना राखेका थिए । तर एमाले मेची नगर कमिटीले उनको नाम नै सिफारिस गरेको थिएन ।

    घिमिरेले गरेको पत्रकार सम्मेलनको भिडियो हेर्नुहोस् ।


    Sobizpress SuAdmin

    He is chief editor of our media and continously working for society.

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend