Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

गिरिजा प्रसाद कोइराला सन्तुलित कूटनीतिको पक्षमा हुनुहुन्थ्योः सुजाता कोइराला

गिरिजा प्रसाद कोइराला सन्तुलित कूटनीतिको पक्षमा हुनुहुन्थ्योः सुजाता कोइराला

  • 478
    SHARES
  • गिरिजा प्रसाद कोइराला सन्तुलित कूटनीतिको पक्षमा हुनुहुन्थ्योः सुजाता कोइराला
    गिरिजा प्रसाद कोइराला सन्तुलित कूटनीतिको पक्षमा हुनुहुन्थ्योः सुजाता कोइराला

    काठमाडौँ । पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराल सन्तुलित कूटनीतिकको पक्षमा रहेका दाबी बताएकी छन् । 

    गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित गिरिजाप्रसाद कोइराला र नेपालको पररास्ट्र सम्बन्ध विषयक कार्यशाला गोष्ठीमा उनले गिरिजाको सन्तुलन कूटनीतिक सम्बन्धले ठूला कूटनीतिक संकट समाधान भएका बताइन् । 

    ‘गिरिजाप्रसाद कोइराला फाउन्डेसनका अध्यक्षसमेत रहेकी कोइरालाले गिरिजाले दुवै छिमेकी राष्ट्र भारत र चीन,  महाशक्ति राष्ट्र अमेरिका तथा विकासका साझेदार राष्ट्रहरु सबैसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गरि अगाडि बढेको हुनाले देशमा आइपरेका ठूलाठूला संकटहरू पनि निर्मुल भएको बताइन् । 

    गिरिजाप्रसाद कोइराला फाउन्डेसन र अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।  फाउन्डेसनले स्नातकोत्तर तहमा अध्यनरत विद्यार्थीलाई गिरिजाप्रसाद कोइराला तथा नेपालको पररास्ट्र नीति, लोकतन्त्र, शान्ति तथा आर्थिक बिकास संग जोडिएको बिषयमा शोधपत्र तयार गर्न  ८० हजार रुपैयाँ बराबरको गिरिजाप्रसाद कोइराला रिसर्च फेलोशिप प्रदान गर्ने भएको छ ।

    साथै अन्य शैक्षिक कार्यक्रमहरुमा पनि सहकार्य हुनेछ । सोसम्बन्धी समझदारी पत्रमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रमुख प्रेम खनाल र फाउन्डेसनका तर्फबाट रिसर्च डाइरेक्टर डा तारा प्रसाद बन्जाडेले  हस्ताक्षर गरे । 


    सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend