काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले पार्टीका पूर्वउपमहासचिव तथा स्थायी कमिटी सदस्य घनश्याम भूसालले स्वतन्त्र उम्मेदवारी दिएको बारे मुख खोलेका छन् ।एक संचारमाध्यम अन्तर्वार्ता दिँदै पोखरेलले भूसाल वैचारिक सैद्धान्तिक पकड राख्ने अध्येता भए पनि गलत निर्णय गरी पार्टी छाडेको प्रतिक्रिया दिए ।
‘उहाँले टिकटको आशै गर्नुभएको थिएन । एक महिनाअघि पार्टीको रुपन्देही जिल्ला कमिटीले कार्यकर्ता र समर्थकहरुसँग सांसद तथा जनप्रतिनिधिहरुको अन्तर्क्रिया राखेको थियो । त्यसमा उहाँ जाँदै जानुभएन उनले भने नियतवश उहाँलाई टिकट नदिएको होइन, राप्रपाका लागि छाड्नुपर्ने भएकाले त्यसो गर्नुपर्यो ।
उहाँ साँच्चिकै साहसी नेता भएको भए पहिले जितेकै क्षेत्रमा स्वतन्त्र उठ्नुपर्थ्यो । दिपक बोहरा र बालकृष्ण खाँणविरुद्ध नै उठ्ने हिम्मत गर्नुपर्थ्यो । तर उहाँ त पहिलेको क्षेत्र छाडेर अन्त लाग्नुभयो, नेपालमा पछि परेको दलित समुदायबाट पाटीले अगुवा नेतालाई उम्मेदवार उठाउँदा त्यसकै विरुद्धमा उभिनुभयो । भूसालले आफ्नै सैद्धान्तिक अडान र आदर्शबाट विचलित हुनुभयो ।
एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति गरिसकेपछि पनि संसद तथा अन्य मञ्चहरुमा पार्टी नेतृत्वको निर्णयविरुद्ध उभिने काम गरेको भन्दै उनी टिकटका लायक नभएको टिप्पणी पोखरेलको छ । उनले प्रभु साह सत्ता गठबन्धनबाट परिचालित भएको आरोप समेत लगाएका छन् ।