Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६
Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६ गते मंगलबार

images
images

करणको ह्याट्रिक, नेपाल एक खेलअघि नै फाइनलमा

करणको ह्याट्रिक, नेपाल एक खेलअघि नै फाइनलमा

  • 90
    SHARES
  • करणको ह्याट्रिक, नेपाल एक खेलअघि नै फाइनलमा
    करणको ह्याट्रिक, नेपाल एक खेलअघि नै फाइनलमा

    काठमाडौं । करण केसीले अन्तिम ओभरमा ह्याट्रिक लिएकोपछि नेपाल एक खेल अगावै घरेलु मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    शृंखला अन्तर्गत बिहीबार सम्पन्न खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई ३७ रनले पराजित गर्दै नेपालले एक खेलअगावै फाइनलमा प्रवेश गरेकाे हाे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९ ओभर ४ बलमा सबै विकेट गुमाउदै एक सय ६६ रनमात्र बनाउन सक्यो । 

    पिएनजीका चार्ल्स एमिनीले सर्वाधिक ६२ रन बनाए । उनले ४७ बलमा नौ चौका प्रहार गरे । यसबाहेक टोनी उराले ४३, सेसे बाउले २५ र नोर्मान भानुआले १७ रन बनाए ।

    पिएनजीलाई सस्तोमै समेट्ने क्रममा नेपालका करण केसीले ह्याट्रिकसहित पाँच विकेट लिए । उनले १९औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा क्रमशः पिएनजीका चाड सोपर, सिमोन अटाइ र नोसैना पोकनाको विकेट लिए । ३.४ ओभर बलिङ गरेका करणले २१ रन खर्चिए । 

    यस्तै, सोमपाल कामी र अविनाश बोहराले समान दुई विकेट लिँदा कप्तान सन्दीप लामिछानेले एक विकेट हात पारेका छन् ।

    यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रनको योगफल खडा गरेको थियो ।

    नेपालबाट आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका दीपेन्द्रले ३३ बलमा तीन चौका र चार छक्कासहित ६६ रन बनाउँदा आदिलले ११ बलमा एक चौका र तीन छक्कासहित ३१ रन बनाएका थिए ।

    त्यस अघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमशः १७ र ३८ रन जोडेका थिए । यसबाहेक नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ४१ रन थपे ।

    यस्तै, करण केसीले एक रन बनाउदा दीलिप नाथ डकआउट भएका थिए ।

    पिएनजीका कबुअ मोरेआले तीन विकेट लिए । त्यस्तै, रिले हाकुरेले दुई तथा नोर्मान भानुआ र नोसैना पोकनाले समान एक विकेट लिएका थिए ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend