Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६
Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६ गते मंगलबार

images
images

एमसीसी विवादपछि पार्टी छाडेका नेता पुन: माओवादीमै फर्किए

एमसीसी विवादपछि पार्टी छाडेका नेता पुन: माओवादीमै फर्किए

  • 102
    SHARES
  • एमसीसी विवादपछि पार्टी छाडेका नेता पुन: माओवादीमै फर्किए
    एमसीसी विवादपछि पार्टी छाडेका नेता पुन: माओवादीमै फर्किए

    महोत्तरी । अमेरिकी सहयाेग परियाेजना एमसीसी संसदबाट पारित गर्ने पार्टी केन्द्रकाे निर्णयमाथि असन्तुष्टि जनाउँदै पार्टी नै परित्याग गरेका माओवादी  केन्द्रका नेताहरु पुनः पार्टीमा फर्किएका छन् ।

    माओवादी केन्द्र महोत्तरीका संयोजकसहित प्रदेशस्तरीय आधा दर्जन नेताले एमसीसी अनुमोदनमा पार्टीले साथ दिएको भन्दै परित्याग गरेका थिए ।

    केन्द्रीय समिति बैठकले एमसीसीका बिषयमा पार्टीभित्र उठेका मतभेदहरूलाई सावधान गर्न फोरम सन्चालन गर्ने निर्णय गरिसकेको छ । प्रदेश इन्चार्ज गणेश साहले प्रेस वक्तब्य नै जारी गरेर पार्टीमा नै बसी बहस गर्न अपिल गरेपछि उनीहरू सहमत भएका हुन् ।

    अलग भएको घोषणा गर्ने नेताहरूमा तुलसी ढुङ्गना, रामबहादुर राणा, वैधनाथ यादव, राजन ढुङ्गना, उर्मिला कार्कीलगायत थिए । उनीहरूले अब  पार्टीमा नै कृयाशिल हुने प्रतिबद्धता जनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # माओबादि केन्द्र

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend