Logo
  • Thu, Dec 08, 2022
  • २०७९ मंसिर, २२
Logo
  • Thu, Dec 08, 2022
  • २०७९ मंसिर, २२ गते बिहीबार
images

images
images

बिस्फोटनको भयमा कतिञ्जेल?

बिस्फोटनको भयमा कतिञ्जेल?

  • 526
    SHARES
  • बिस्फोटनको भयमा कतिञ्जेल?
    बिस्फोटनको भयमा कतिञ्जेल?

    –पूर्णशोभा चित्रकार

    २०७४ को प्रतिनिधिसभाको निर्वाचन ताका भएको बिस्फोट भएका, भेटिएका, निष्क्रिय पारिएका बिस्फोटक पदार्थको विषयलाई सम्झना गर्दै र एक पछि अर्को स्थानहरूमा बिस्फोटन भएका, बेवारिस छोडिएका बिस्फोटक पदार्थहरुले स्थानिय चुनावमा पार्न सक्ने प्रभावलाई ध्यानमा राख्दै दशबर्ष सशस्त्र द्वन्द्वको नेतृत्व गर्ने तत्कालीन नेकपा माओवादीका नेताहरुसँग जिज्ञासा राखेकी थिएँ ।

    उनीहरूको भनाइमा माओवादी द्वन्द्वकालमा सवै जसो कार्यकर्ताहरूलाई घरेलु बिस्फोटक पदार्थहरु कसरी बनाउने भन्ने तालिम दिएको हुनाले माओवादीमा संलग्न भएकालार्ई त्यसबारेमा जानकारी थियो । घरेलु बिस्फोटक पदार्थ बनाउन प्रयोग हुने पदार्थहरू नेपाल भित्रका विभिन्न निर्माणस्थल र कारखानाहरुबाट प्राप्त हुने गरेको पूर्व माओवादी लडाकुहरुले बताउने गरेका छन् । भण्डार र निर्माणस्थलहरूमा हुनु पर्ने उच्च सतर्कता र व्यवस्थापनको कमिले बिस्फोटक पदार्थ बनाउन चाहनेहरूले सजिलैसँग प्राप्त गर्नु राम्रो कुरा होइन । माओवादी नेताहरूमा द्वन्द्वकालमा प्रयोग भएका बिस्फोटक पदार्थहरू कति ठाउँमा निष्क्रिय नगरिएका हुन सक्छन्, कहाँ र कति स्थानहरु असुरक्षित र बिस्फोटक पदार्थहरू हुने सक्ने सम्भावनाका स्थानहरू छन् भन्ने बारेमा सर्भे गर्ने, कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने, डिमाइनिङ टोलीसित समन्वय गर्ने र फेला परेका ती बस्तुहरु निष्क्रिय पार्ने कुरामा गम्भीर चासो नदेखिनु पक्कै पनि राम्रो होइन । शान्ति सम्झौता भएको पन्ध्र वर्ष कटिसक्दा पनि कहिले कता बम फेला परेको र कहिले कता बिस्फोट भएको खबर सुन्नु नपरोस भन्ने चाहना जो सुकैलाई पनि हुनुपर्ने हो ।

    यसपाली ७५३ स्थानीय तहको निर्वाचनमा १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका थिए । त्यसमा २ हजार ९४६ अति संवेदनशील र ४ हजार ४२३ संवदनशील र ३ हजार ३८७ कम संवेदनशील क्षेत्र तोकिएको थियो । (अनलाईन रेडियो नेपाल) चुनावको लागि सरकारले १ लाख ६८ हजार सुरक्षाकर्मि परिचालित गरेको थियो (द नेपालिज भ्वाइस) । यो राम्रो पक्ष हो । तर सञ्चारमाध्यमले दिएको समाचार अनुसार चुनाव अघि र चुनावको दौरानमा नेपालको कैयौँ भूभागमा बिस्फोटक पदार्थहरू प्रयोग भए, बेवारिसे अवस्थामा भेटिए, बरामद गरिए । यहाँ मैले यस बिचमा भएको २० बटा स्थानका बिस्फोटक पदार्थको विषयमा मात्र चर्चा गर्न गईरहेकी छु । ती बिस्फोटक पदार्थहरुले रुपन्देही, दैलेख, सुर्खेत, बाँके, काठमाडौं, कन्चनपुर, बैतडी, इटहरी, झापा, रुकुम, हुम्ला, कैलाली, सप्तरी, भक्तपुर, दाङ, ताप्लेजुङ गरी १६ जिल्ला प्रभावित बनाएको छ । 

    ती बिस्फोटक पदार्थहरू भेटिएको वा बिस्फोटन भएकोमा खास गरी सर्वसाधारणहरू हिँडडुल गर्ने स्थानहरू, व्यापारिक स्थल वा व्यापारिक व्यक्तिहरूको पसल, उम्मेदवार बन्नेको घरको वरपर, जंगल, सर्वसाधारणहरूको जमिन, डेरा गरेको घर, मतदान केन्द्रका वरिपरि भेटिए ।

    बीस स्थानका बिस्फोटक पदार्थहरुमध्ये ९ स्थानमा कस्तो खालको बिस्फोटक पदार्थ भनेर समाचारमा उल्लेख नगरी खाली बम मात्र भनिएको छ । सकेट बम ६ स्थानमा, सुतली बम २ स्थानमा र पाइप, सिलिन्डर र प्रेसर कुकर बम एक एक स्थानमा पाइएकोे छ । त्यसको अर्थ सवै भन्दा बढी सकेट बम प्रयोग भएको छ । जो ३० प्रतिशतको हाराहारीमा रहेकोछ । २० वटा मध्ये ७ वटा दश वर्षे द्वन्द्वकालको रहेको पाईएको छ । यो संख्या करीब ३५ प्रतिशत रहेकोछ । फेला परेका ८ वटा मध्ये ७ वटा नेपाली सेनाले निश्क्रिय पारेको थियो भने भक्तपुरमा प्रहरीले निश्क्रिय पारेको थियो । बिस्फोटक पदार्थहरू भेटिएमा खबर गर्नु पर्दछ भन्ने सचेतना सर्वसाधारणहरूमा भएको देखिन्छ । प्रायःजसो उनीहरूले पहिला वडा कार्यालय या प्रहरीमा खबर गर्ने, वडा कार्यालयले प्रहरीलाई खबर गर्ने, प्रहरीले सेनालाई खबर गरे पछि सेनाको निष्क्रिय पार्ने सम्पूर्ण तयारी सामान सहित स्थलमा पुगेर निष्क्रिय पार्ने काम हुने गरेको छ । ती कामको लागि नेपाली सेनासित २ सय भन्दा बढी तालिम प्राप्त सैनिकहरू, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निष्क्रिय पार्ने दक्षता (जस्लाई अन्तर्राष्ट्रिय माइन एक्सन स्टान्डर्ड भनिन्छ ), संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त ल्पाटुनहरु, आधुनिक औजारहरू, निष्क्रिय पार्ने क्षमता, सूचना व्यवस्थापन संयन्त्र, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको तालिम आदि रहेकोछ ।

    बिस्फोटक पदार्थ प्रयोग गर्ने समूहहरूमा नेकपा (माओवादी), जनमुक्ति सेना पार्टी, हिमाल सुरक्षा परिषद्, हारालुङ समूह, कांग्रेस फ्रन्ट अफ नेपाल, किरात लिम्बुआन राट्रिय परिषद्, लिम्बुआन मुक्तिमोर्चा राष्ट्रिय पार्टी, नेकपा (शिवादी) रहेका छन् ।

    ती बिस्फोटक पदार्थहरू प्रयोगकर्ता समूहरूको मूख्य मागहरूमा चुनाव बहिस्कार, एमसिसिको बहिस्कार, संघियताको बिरोध र हिन्दूराज्यको स्थापना, क्षेत्रीय र जातीय राज्यको स्थापना, आतंक र लुटपाटको लागि गरिएको देखिएकोछ ।

    यी तथ्यहरुको अध्ययन गरेपछि के गर्नु हुने वा नहुने भन्ने बारेमा केहि सवालहरु उठ्नु स्वाभाविकछ । जसअनुसार यहाँ केहि सवालहरु उल्लेख गरिएकाछन् ।

    – दश वर्षे सशस्त्र व्दन्दको नेतृत्व र सहभागी बनेका राजनीतिक पार्टीले द्वन्द्व पछि हुने द्वन्द्वको अवशेषहरु र त्यसले समाज र सर्वसाधारणहरुलाई पार्ने असर बारे गंभीर हुनु पर्दछ । द्वन्द्व सकियो, बिषय पुरानो भयो भनेर प्रयोग गरेका बिस्फोटक पदार्थहरूको बारेमा व्यवास्ता गरिनु हुँदैन । त्यस पार्टीले भिडन्त भएका, सेल्टर बसेका, सुरक्षाकर्मीहरू ओहोर दोहर गर्ने स्थानहरुमा, विभिन्न पोष्टहरूमा राखिएका, गाडिएका, भण्डारन गरिएका स्थानहरू, उत्पादन गर्ने स्थानहरूको बारेमा सर्भे गर्नु पर्दछ । त्यस क्षेत्रमा जोखिम शिक्षा सञ्चालन गर्नु पर्दछ र डिमाईनिङ टोलीलाई निरन्तर रूपमा सूचना प्रवाह गर्नु पर्दछ ।

    – सरकार र विभिन्न पार्टीहरुसँग असन्तुष्ट पक्षहरुले बिस्फोटक पदार्थहरू प्रयोग गरी असन्तुष्ट व्यक्त गर्ने तरिका आजको लोकतान्त्रिक व्यवस्थामा सुहाउने तरिका होइन । त्यसले समाजमा आतंक र हिंसा फैलाउने र पीडित जनताहरू झन पीडित बन्ने अबस्था सिर्जना हुन पुग्दछ । त्यसकारण आफ्नो मागहरुलाई वार्ता, छलफल र शान्तिपूर्ण गतिविधिहरुबाट समाधान गर्ने उपाय अपनाउनु पर्दछ । एउटै मात्र बिस्फोट हुँदा पनि त्यसले व्यक्ति, समुदाय र देशबासीहरुलाई अशान्ति र भयभित बनाइ राख्न सक्दछ । राजनीतिक पार्टी र सरकारले त्यसता बिस्फोटक पदार्थलाई सामान्य ठान्नु हुँदैन । जनताका समस्याहरुलाई समाधानको निम्ति सदैब तत्पर रहनु पर्दछ । 

    – बिस्फोटक पदार्थ प्रभावित क्षेत्रहरुमा सम्वन्धित पार्टी र सरकारले जोखिम शिक्षा संचालन गर्नु पर्दछ । जसले बिस्फोटक पदार्थहरुलाई छुने, चलाउने, टिप्ने खतरालाई समाप्त पार्न सकिन्छ । सर्वसाधारणहरुले आप्mनो मात्र होईन अरुको पनि ज्यान जोगाउने भूमिका खेल्न सक्दछन् ।

    – सरकारले नेपालमा बिस्फोटक पदार्थका समस्याहरु अझै बाँकीछन् भन्ने कुरा हेक्का राख्नु पर्दछ । त्यससम्वन्धमा सूचना प्रणाली, तालिमको व्यवस्था, आवश्यक उपकरणहरुको तयारी अवस्थामा राख्नको लागि आवश्यक बजेट छुट्याउने, अनुगमन गर्ने र उपलव्धीहरुलाई अद्याबधी राख्नु पर्दछ । सम्वन्धित मन्त्रालयहरु बिच संयोजन र तालमेलव्दारा माईन एक्सनका कार्यहरुलाई प्रभावकारी बनाउनु पर्दछ । डिमाईनिंग टोलीलाई सँधै तयारी अवस्थामा राख्नु पर्दछ । 

    – बारुदी सुरुङ तथा बिस्फोटक पदार्थ सम्बन्धमा बनेका बिद्यमान कानूनहरुलाई प्रभावकारी रुपले लागू गर्नु पर्दछ । कानूनव्दारा कसैले पनि बिस्फोटक पदार्थको प्रयोग, ओसार पसार, उत्पादन र भण्डारन गर्ने कामलाई पूर्ण रुपमा दुरुत्साहन गर्नु पर्दछ । 

    – बीस वटा स्थानमा पाईएका बिस्फोटक पदार्थहरुको बिष्लेषण गर्दा सुदूरपूर्व, सूदुरु पश्चिम, पहाडी र उपत्यकामा पाईएको हिसावले बिस्फोटक पदार्थहरुले देशभरी प्रभावित गर्न सक्दछ भन्ने कुरामा बिचार पुर्याउनु पर्दछ र आगामी दिनहरुमा त्यस्ता बिस्फोटक पदार्थहरुबाट जनधनको क्षति हुनबाट बचाउनको लागि योजनाहरु बनाउनु पर्दछ ।

    – बिस्फोटक पदार्थहरु बारेका समाचार प्रकाशित गर्दा बिस्फोटक पदार्थको नाम सहित गर्नु राम्रो हुनेछ । कुन ठाउँमा कस्तो खालको बिस्फोटक पदार्थ प्रयोग गरेकोछ भन्ने सम्वन्धित निकायले जानकारी पाउन सक्दा त्यसलाई निश्क्रिय पार्नको लागि तयारी गर्न सजिलो पार्दछ । त्यसले जोखिम शिक्षालाई सजिलो बनाउन पनि मद्दत गर्दछ । समाचारमा फोटा राख्दा गूगल वा सामाजिक संजालबाट लिईएको फोटोहरु राख्ने गरेको पाईएकोछ । त्यसले कुन ठाउँमा कस्तो किसिमको बिस्फोटक पदार्थ प्रयोग गरेको भन्ने अनुमान लगाउन मुश्किल पर्दछ । सकेट बम बिष्फोट भएको भन्नु पर्दा हाईड्रोजन बम बिष्फोट भएको फोटो राख्दा सहि सन्देश जाँदैन । सहि ढंगले समाचार सम्प्रेषण गर्नको लागि संचारकर्मिहरुलाई तालिम दिनु जरुरीछ । 

    – बिस्फोटक पदार्थहरु बनाउनको लागि चाहिने कच्चासामाग्रीहरू भण्डारन र प्रयोग गर्ने स्थानहरुको कमजोर व्यवस्थापनले सजिलै बितरण हुन सक्ने भएकोले त्यसता स्थानहरुलाई सुरक्षित गर्ने, रिकर्डलाई दुरुस्त पार्ने गुणस्तरीय र भरपर्दो व्यवस्था गर्नु पर्दछ । खुला नाकाहरुमा बिशेष निगरानी गर्नु पर्दछ ।

    – सकेटबमहरू साना र बोक्न सजिलो हुने भएकोले हुन सक्छ यसको प्रयोग बढी मात्रामा भएको देखिन्छ । यसलाई नियन्त्रण गर्नको लागि प्रयासरत हुनु पर्दछ । 

     

  • सम्बन्धित विषय:

  • # पूर्णशोभा चित्रकार

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend